Monday, February 1, 2016

अफगानिस्तानमा आत्मघाती आक्रमण

afaganistan-1024x722गजनी (अफगानिस्तान), १८, माघ । अफगानिस्तानको पूर्वीय प्रान्त गजनीमा सोमबार एक आत्मघाती आक्रमण भएको समाचार छ ।

गजनी प्रान्तको गिलान जिल्लामा भएको सो आक्रमणमा एकको मृत्यु हुनुको साथै अन्य सात सर्वसाधारणको घाइते भएका छन् । सो आत्मघाती आक्रमणमा परी आक्रमणकारी स्वयम्को मृत्यु भएको छ ।

गिलान जिल्लामा रहेको प्रहरीको प्रमुख कार्यालयमा सो आक्रमण भएको जनाइएको छ । घाइते हुनेहरुमा एक महिलासहित सातै जना सर्वसाधारण रहेका जनाइएको छ यस घटनाको विस्तृत विवरण प्राप्त नभएको र घटना अनुसन्धानरत रहेको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...