Monday, February 22, 2016

सामाजिक संजाल र मिडियामा गलत समाचारको बिगबिगी

16022212rm

कुनैदिन फेसबुकको वालमा गलत समाचारको खण्डन गर्दै गरेको राम प्रसाद खनाल९लोक गायक ०को स्टाटस पढेको थिए । प्रसङ्ग अमिरिकी इतिहासमा नै ठुलो मानिएको पावरबल चिठ्ठाको थियो जसमा त्यसको बिजेता नेपाली नै भएको र ऋषि धमलाको नामको फेसबुकको वालमा त्यो कुरा उल्लेख गरिएको फोटो खनालले स्क्रिन खिचेर राखेका थिए । जसमा बिजेता नै राम प्रसाद खनाल भएको उल्लेख भएको थियो । फेसबुकको वालमा भएपनि कुनै अधिकारिक पोर्टलमा न्युज अपलोड गरिएको थियो । सबैको चासोको विषयको कुरा भएपनि गलत समाचारले मानिसलाई दिग्भ्रमित बनाएको थियो र खनाल स्वयंलाई पनि । यस्ता समाचारले फेसबुक प्रयोगकर्तालाई भ्रम र तनाव सिर्जना गरिदिएको छ र राम प्रसाद खनालको स्टाटस अनुसार यस्ता समाचारले उनलाई पनि तनाव सिर्जना गरेको छ ।

अमिरिकी इतिहासमा खुलेको सबैभन्दा ठुलो चिठ्ठाले प्रत्येक क्षेत्रमा बहस सिर्जना गरेको थियो । नेपाली समुदाय पनि त्यो बाट अछुतो थिएन। सबैलाई एक-अर्कामा चिठ्ठाको सुभकामना आदान(प्रदान गरिरहेका भेटिन्थे । हामीहरु पनि नतिजा सार्बजनिक हुने साँझ त्यसैको छलफल गर्दै बसियो। हामी सबै साथीहरुले पनि अंक चेक गर्दै पूर्णत अभागी घोसित गरियो मध्यरातमा । धेरै नेपालीहरुले फेसबुकको स्टाटस बनाएका थिए चिट्ठाको र आफुले किनेको चिठाको फोटो नै सार्वजनिक नै गरेका थिए ।अधिकारिक बिजेताको खोजि त जारी थियो र अन्तत अधिकारिक बिजेताको खवर पनि बाहिर आयो नै र पनि येस्तै खालका फेक (गलत) समाचारको बिगबिगी भने यद्दपि जारी छ ।

केहि समय अगाडी फेसबुकका मालिकले मिलियन डलर आफ्ना प्रयोगकर्तालाइ बाँड्ने खबर भाइरल जस्तै फैलियो र अझै त्यसको हल्लाको सेख बाँकि थियो र आक्कल झुक्कल त्यो अझै आइरहन्छ । नेपालका केहि मिडियाले पनि त्यो फेक न्युजलाई तात्तात्तो न्युज भनेर समाचार बनाए र फेसबुककै वालमा सेयर गरे । अझ त्यो हल्लाको सेयर त फेसबुकमा यसरि फैलियो हरेक पेजमा जुकरबर्ग भन्दा अरु देखिन छोडियो। अझै पनि सेयर गर्ने क्रम बाँकि छ। रोचक कुरा के छ भने गलत हल्ला त आउनु सामान्य हो अहिलेको सूचनाको युगमा ,सूचना सहि लिने काम त पाठकको हो ।

तर समाचार नै गलत हो भन्ने कुरा आइरहेका बेला कतिपय मिडिया (रु) वा फेसबुक पेज र गुगलका ब्लगहरुले नेपाली बिजेताहरुको नाम भनेर यौटा लिस्ट नै सार्बजनिक गरे।जुन न्युज नै गलत थियो भने त्यसका बिजेताहरुको नाम सार्बजनिक हुनु त्यो भन्दा हास्यास्पद र गलत सुचनाको हद होला।
पछिल्लो समयमा नेपाल र नेपालबाहिरबाट चल्ने केहि मिडिया र भर्खरै सुरु भएका केहि मिडियाले आफ्नो न्युजलाइ अलि आकर्षक वा गलत तरिकाले भएपनि मानिसलाई आफ्नो समाचारमा तान्न समाचारको शीर्षकमा नै तोडमरोड गरेर वा आधी सूचना आउने गरि वा पुरै सूचना नपाउने गरि शीर्षक राख्ने र समाचार भित्र अर्को कुरा राख्ने गरेको देखिन्छ । त्यसले मानिसमा सुचनाको भ्रम पर्न गएको छ । कति सम्म लेख्छन भने पारसले गोलि चलाए , प्रचण्डको हत्या , सिंहदरबारमा काटा काट जस्ता शीर्षकले उनीहरु न्युजलाइ आकर्षक बनाउन खोज्छन र भित्र विषयवस्तु अर्कै हुन्छ। यो अहिलेका पत्रिकाको ट्रेन्ड नै बनेको छ र केहि नेपालका राष्ट्रिय र चर्चित पत्रिकाहरुले पनि त्यो बाटो पछ्याईरहेका छन्। केहिसमय अगाडीदेखि मिडियामा फरक धारको पत्रकारिता सुरु गर्ने नाममा केहि मिडिया हाउसहरुले त्यो शैलीको सुरुवात गरे । अहिले त्यो तरिका र प्रस्तुति विष साबित भएको छ ।

अझ यो सामाजिक मिडियाहरुको विकास भएपछि सबै तह र तप्कामा सूचना र प्रविधिको प्रभाव पुग्यो । सानो कुरा लेख्न बिग मिडिया धाउनु नपर्ने भयो । राम्रा बिषयहरुको त मिडिया हाउसहरुले नै सामाजिक मिडियामार्फत नै खोजि गर्न थाले ।

अनि संग-संगै गुगल ब्लगको विकासले सबैले सजिलो तरिकाले वेबसाइट खोल्न सक्ने भएपछि नेपालका बेरोजगार युवा त्यतातिर लागिरहेका छन् । फेसबुकमा नेता,कलाकार तथा सामाजिक हैसियत बनाएका मानिसहरुको फेक एकाउन्ट छ । कतिसम्म भने नेपालका शीर्ष नेताहरुको एकाउन्ट एकै जनाले बनाएको र शुशिल कोइरालाको सत्तापक्ष र अरु नेताहरुको कमेन्ट आएको स्क्रिनसट फोटो सार्बजनिक भएको थियो सामाजिक मिडियाहरुमा केहि समय अगाडी । त्यसैगरी विजयकुमारको पुरस्कार प्रकरणले पनि सामाजिक मिडियामा चर्चा पाएको थियो कुनै बेला । अहिले त्यसको प्रभाव अति नै छ सोसल मिडियाहरुमा ।
खासगरी नाटक र भिडियोका कथालाई समाचारको शैली बनाएर र स्टोरी लेखेर समाचार बनाउने शैलीले पाठक लाई जैले भ्रम पारेको हुन्छ अझ कतिपय लिंकमा क्लिक गरेपछि अर्को लिंकमा जाने र अरु न्युज खुल्ने पनि हुन्छ जसले पाठकको समय पनि बर्बाद गरेको छ ।

अझ त्यस्ता समाचारमा अरु घटनासंग सम्बन्धित फोटोहरु नै राखेर कतिपय सन्दर्भमा सामाजिक सद्भाव नै खलबलाउने नै गरेको पाइन्छ । अहिलेको तराई आन्दोलन र भारत -नेपाल सम्बन्धका विषयमा अझ बढी त्यस्ता सामग्री बढी प्रकाशन भएका छन् अहिलेको सन्दर्भमा क्रमश त्यसको क्रम अझै जारी नै छ । अझ यौन र प्रेमका घटना बारे नाटक र फिलिमका भिडिओहरुलाई छुट्टै शिर्षिक दिएर कथावस्तु सहित वेबसाइट र ब्लगमा राखिएको हुन्छ । खासगरि १५-२० वर्षका युवाहरुमा लक्षित गरी यस्ता गलत समाचार अपलोड गरिएको पाइन्छ र अधिकारिकाताको सम्भावना नभएका धेरै समाचार एजेन्सीको सहयोगमा भनेर उल्लेख भएको पाइन्छ । जसमा यौन, स्वास्थ्य, प्रेम र व्यक्तिगत बिषयसम्बन्धी कुराहरु बग्रेल्ती आएका पाइन्छन ।

यस्ता भ्रम र पीत पत्रकारिताले नेपाली शिक्षित र सजकवर्गलाई समेत झुक्याउने गरेको छ र हामी पनि त्यस्ता कुराबाट अछुतो हुन सकेनौ । अझ रोजगारीको शिलशिलामा खाडी मुलुकमा रहेका सामान्य साक्षर नेपालीहरुमा गलत समाचारको प्रभाव अलि बढी नै परेको देखिन्छ। त्यो क्षेत्रमा बस्ने नेपालीहरुले त्यस्ता समाचार बढी मात्रामा सेयर गर्ने गरेको र प्रत्रिकृया जनाउने गरेको पाइन्छ । अझ नेपालीहरुका हिंसात्मक घटनाहरुका समाचार भन्दै असम्बन्धित फोटो र भिडिओहरु अपलोड र प्रचार-प्रसार भएको पाइन्छ ।

यसर्थ अहिले सामाजिक मिडियामा आउने समाचारले मानिसलाई तनाव र अशान्ति सिर्जना गरेको छ । कतिपय सन्दर्भमा सामाजिक खलल ल्याउने र व्यक्तिहरु बीच नै खराब सम्बन्धको विकास गरिदिएको छ। मानिसको समय नै बर्बाद भएको र गलत धारणाको विकास भैरहेको पाइन्छ अहिलेको सन्दर्भमा। अझ कतिपय सन्दर्भमा आपराधिक क्रियाकलापलाई प्रोत्साहन गरेको छ यस्ता क्रियाकलापले। त्यसैले वर्तमान समयमा देखिएको यस्ता गलत बिषयमा व्यक्ति आफै सचेत हुनु जरुरि छ होइन भने अनाहकमा यस्ता कुरामा समय बर्बाद हुने र उल्टो तनाव सिर्जना हुने देखिन्छ साथै सम्बन्धित निकाय र सरकारी निकायहरुले पनि यस्ता बिषयलाई सामाजिक अपराधको रुपमा लिदै कारबाहीको प्रक्रिया चलाउनु आवस्यक छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...