Saturday, February 20, 2016

अबको आन्दोलन राजधानी केन्द्रित

Upendra-Yadavलहान, ८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अबको आन्दोलन राजधानी केन्द्रित हुने बताउनुभएको छ ।

फोरमद्वारा आज सिरहाको नरहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले छ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगन गरेर आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष यादवले विभिन्न दल परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...