Saturday, February 20, 2016

श्रीमतीको हत्यापछि श्रीमान्ले गरे झन्डिएर आत्महत्या

सुरुङ्गा (झापा), ८ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ निवासी एक व्यक्तिले आज आफ्नै श्रीमतीको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।

बिर्तामोड नगरपालिका–२ चारपाने निवासी ६० वर्षीय तनबहादुर राजवंशीले ३५ वर्षीया श्रीमती शान्तिकुमारी राजवंशीको धारिलो हतियार प्रहार गरी हत्या गरेर उनले पनि घरको बलोमा झुन्डिएर अत्महत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड)ले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार राजवंशीले श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेपछि कोठाभित्रको बलोमा झुन्डिएर उनले पनि आत्महत्या गरेका थिए । के कारणले श्रीमतीको हत्या गरी राजवंशीले आत्महत्या गरे त्यो भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...