Friday, February 26, 2016

अफगानिस्तानमा १० आतङ्ककारी मारिए

afaganistan-1024x722गजनी (अफगानिस्तान), १४ फागुन । अफगानस्तिानको पूर्वी प्रान्त गजनीमा तालिवान लडाकूविरुद्ध गरिएका सुरक्षा कारबाहीमा १० सशस्त्र आतङ्ककारी मारिएका छन् ।

सो जानकारी यस प्रान्तका प्रहरी प्रवक्ता फहिम अमिरले शुक्रबार दिनुभएको छ । सो कारबाही गजनी प्रान्तको काराबाग र आबान्द जिल्लामा भएको अमिरले बताउनु भएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

गजनी प्रान्तमा आतङ्ककारी क्रियाकलापमा संलग्न हुदै आएका तालिवान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेका छ्रैनन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...