Tuesday, February 2, 2016

नेवारी समुदायका कन्याको सामूहिक बेलविवाह कार्यक्रम

रामपुर (पाल्पा), २० माघ । नेवारी कन्याको सामूहिक बेलविवाह (इही) कार्यक्रम मङ्गलबारबाट रामपुरमा सुरु भएको छ ।

कन्या रजस्वला हुनुभन्दा अगाडि बेलविवाह नारायणको प्रतीक बेलसँग विवाह गरिसकेपछि गुफा बस्ने काम गरेमा राम्रो हुने धार्मिक विश्वास रहिआएको हुँदा नेवार समुदायका कन्याको बेलसँग विवाह गर्ने प्रचलन रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने बेलविवाह कार्यक्रममा पाल्पा, तनहुँ, स्याङ्जा, नवलपरासी, बुटवल र वीरगन्जका गरी १२० जना कन्या सहभागी रहेको नेवा समाज रामपुरका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

पण्डित राजनराज राजउपाध्यायले कन्यादान गर्ने शास्त्रीय विधानअनुसार रजस्वला नहँुदै नारायणको प्रतीक बेलसँग विवाह गर्ने चलन परम्परादेखि नै रहिआएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...