Friday, February 26, 2016

एयर काष्ठमण्डपको विमान दुर्घटना, चालकको मृत्यु

काठमाडौँ, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।

जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको छ । घटनाको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिनुभएको छ ।

कटुवालकाअनुसार दुर्घटनामा नाम नखुलेको चालकको मृत्यु भएको छ र अर्का एक जनाको अवस्था गम्भीर छ । यो दुर्घटनामा एक बालकसहित अन्य नौजना घाइते भएको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म पाखा गाविसमा रहेको प्रहरी चौकी सेरावाडाबाट प्रहरीको टोली त्यसतर्फ जांदै गरेको बताइएको छ ।

घाइतेको स्वास्थ्य चौकी चिल्खायामा उपचार भइरहेको छ । हवाईजहाजको अगाडिको भाग क्षतविक्षत भएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...