Monday, March 28, 2016

दुईवटा रात्रिबस दुर्घटना हुँदा १४ जना घाइते

Road Accidentगौशाला, १५ चैत । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा आज बिहान दुई वटा रात्रिबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

बिहान करिब ४ बजेको समयमा काठमाडौँबाट विराटनगरका लागि गुडेको ना५ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका–११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा सो बसमा सवार ११ जना यात्रु घाइते भएको प्र्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

घाइतेमध्ये काठमाडौँका कुमार श्रेष्ठ र सुनसरीका सुलभ राईको अवस्था चिन्ताजनक रहेकाले दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यता अन्य नौ जना घाइतेको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र जनसेवा क्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी आजै बिहान ५ बजेको समयमा काठमाडौँबाट धरानका लागि गइरहेको ना५ख ९१३५ नम्बरको बस बर्दिबासको सोही स्थानमा सडकबाट तल पल्टिन जाँदा तीन जना यात्रु घाइते भएका र उनीहरुको उपचार पनि बर्दिबासस्थित स्थानीय अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...