Monday, March 28, 2016

अत्याधुनिक ग्यास प्लान्ट जडान

पथरी (मोरङ), १५ चैत । मोरङको हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले रु ३० करोडको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ ।

दैनिक आठ घन्टामा १० हजार सिलिन्डर ग्यास भर्ने क्षमता रहेको सो उद्योगमा उक्त प्लान्ट जडानको कारणले ग्यास सिलिन्डरको हाईड्रोलिक गुणस्तर जाँच नियामितरुपमा भइरहेको उद्योगका प्रबन्धक सचित उपाध्यायले जानकारी दिनुभयो ।

डेनमार्कको कोसानक्रिस प्लान्टबाट आयात गरिएको सो मेसिनरी प्लान्ट यस उद्योगमा जडान गरी सिलिन्डर भर्नेदेखि बजारसम्म पठाउने कार्यमा गुणस्तरीयता कायम राखिएको ग्यास उद्योगले दाबी गरेको छ ।

२६ वर्ष अगाडि स्थापना भएको सो उद्योगको ग्यास भर्नेदेखि सुरक्षा जाँच जनशक्तिबाट हुने गरेको थियो भने अहिले डेनमार्कबाट ल्याइएको अत्याधुनिक प्रविधिबाट सिलिन्डरको हाइड्रोलिक जाँच, अग्नि सुरक्षा, तौल जाँच, लिकेज जाँच तथा अन्य जाँच पनि कम्प्युटर एव्म मेसिनरी प्रविधिबाट गर्ने गरिएको उद्योगका प्रबन्धक उपाध्यायले बताउनुभयो ।

पूर्वाञ्चलमा सबैभन्दा बढी सो ग्यासको उपभोक्ता रहेको बताइएको छ । सो उद्योगको क्षमताअनुसार सरकारले ग्यासको सहज आपूर्ति गराउन नसकेकाले यस क्षेत्रमा ग्यासको केही समस्या भएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...