Monday, March 28, 2016

मीनबहादुर पुनः सगरमाथा चढ्ने तयारीमा

म्याग्दी, १५ चैत । म्याग्दीको भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लाग्नु भएको छ ।

ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गर्नु भएको थियो ।

यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लाग्नुभएको हो ।

सगरमाथा आरोहणमा होमिएका शेरचनको अभियानलाई सफल बनाउन प्रवासमा रहेका म्याग्देलीले सहयोग जुटाउन थालेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) युकेले पत्रकार सम्मेलन गरी शेरचनको अभियानमा सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ ।

त्यस्तै मोना युकेले संस्थाका सल्लाहकार तथा मगर सङ्घ युकेका कोषाध्यक्ष तेज राम्जाली पुन मगरको संयोजकत्वमा एक सहयोग समिति समेत गठन गरेको जनाएको छ ।

यस्तै, उहाँको आरोहणलाई सफल बनाउन नेपालमा पनि समिति गठन गरिने र मोनाको शाखा रहेका विभिन्न मुलुकमा पनि समिति बनाइने संयोजक राम्जालीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...