Saturday, March 5, 2016

सिफारिस नआएपछि राहत वितरण हुन सकेन

भोजपुर, २३ फागुन । भोजपुर जिल्लाको दक्षिणी घोडेटारमा भूकम्पपीडितको प्रमाणित सिफारिस नआएपछि अहिलेसम्म राहत वितरण हुन सकेको छैन् ।

भोजपुर १२ नं इलाकाका भूकम्पपीडितको सहयोगार्थ लगाइएको मेलाबाट सङ्कलित रकम सिफारिस नआएपछि वितरण गर्न नसकेको आयोजक समितिका अध्यक्ष सत्कार श्रेष्ठले जानकारी दिनुभयो ।

गत कात्तिक महिनाको अन्तिम सातामा रमाइलो मेलाको आयोजना भएको भए पनि फागुन महिना बितिसक्दा पनि राहत भने वितरण हुन सकेको छैन ।

श्रेष्ठका अनुसार इलाकाको रानीवास, होम्ताङ, खैराङ, सिन्द्राङ, पात्लेपानी र हसनपुर गाविसमध्ये रानीवास गाविसको मात्र सिफारिस आएको छ । प्रत्येक गाविसबाट भूकम्प प्रभावित दुई घरपरिवारको सिफारिस मागिएको थियो । आयोजकले उनीहरुलाई प्याकेज राहत सामग्री वितरण गर्ने आश्वासन दिएको थियो ।

यसैगरी गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने रानीवास गाविसकी रविना राई र बालङ्खा गाविसकी मृतकको परिवारलाई कम्तीमा रु २० हजार बराबरको आर्थिक राहत दिने श्रेष्ठले जानकारी दिनुभयो ।

रविना राईको परिवारका लागि आवश्यक कागजातसहितको सिफारिस आयोजकलाई प्राप्त भइसकेको छ भने बालङ्खा गाविसकी मृतकको परिवारबाट नआएको आयोजकले जानकारी गराएको छ । सिफारिस पठाउन बाँकी भूकम्प प्रभावितको सिफारिस आएलगत्तै राहत वितरण गरिहाल्नेसमेत आयोजकले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...