Saturday, March 5, 2016

दलित र विपन्न परिवारलाई भुसे चुलो प्रदान

indexकावासोती, २३ फागुन । सामुदायिक वन उपभोक्ता महासङ्घ ( फेकोफन) अन्तर्गतको समावेशी कार्यदलले दक्षिण भेगका पाँच गाविसका २५० दलित र विपन्न परिवारलाई भुसे चुलो प्रदान गरेको छ ।

एउटा गाविसका ५० घरपरिवारका दलित र विपन्नहरु छनोट गरिएको थियो । दक्षिणका सोमनी, जमुनिया, प्रतापपुर, जहदा र रामपुरखडौनाका विपन्न तथा दलित परिवारलाई भुसे चुलो प्रदान गरिएको समावेशी कार्यदलका सदस्य कृपालाल यादवले जानकारी दिनु भयो ।

उनीहरुलाई परासीमा कार्यक्रमको आयोजना गरी शनिबार भुसे चुलो प्रदान गरिएको हो ।

रु एक लाख ५० हजार बराबरको भुसे चुलो प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर पाण्डेले बताउनु भयो ।

भुसे चुलो पाएपछि गाउँलेहरु खुसी भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनको आम्दानीको केही भाग वन क्षेत्रभन्दा टाढा रहेका उपभोक्तालाई प्रदान गर्दै आएको छ ।

समुदायले संरक्षण गरेका वनबाट आय आर्जन हुने, काठ, दाउरासहित विपन्न परिवारलाई घर बनाइदिने, चुलो दिने काम महासङ्घले गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...