Saturday, March 5, 2016

पूर्वराजा ज्ञानेन्द्र पत्रकार ऋषि धमलासंग यसरी तात्तीएपछि .. (भिडियो सहित)

काठमाडौँ– जय जयकार तथा बाजागाजाको गुन्जायसकावीच पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो जन्मोत्सव धुमधामसँग मानाउदै थिए । उपस्थित शुभचिन्तकहरु साथै पत्रकारहरुको पनि उपस्थिति बाक्लै थियो ।

केहि समय सम्म शुभकामना दिनेहरुको लर्को नै थियो । त्यहि क्रममा पूर्वराजाले सबैलाई सम्बोधन गरे ‘धेरै दाजुभाई तथा दिदीबहिनीहरु आउनु भएको छ शुभकामना दिनलाई उहाहरुलाई मेरो धेरै धन्यवाद’ । देशमा आफुलाई केहि कठिनाइ भएको भन्दै उनले भने ‘जुन अवस्थामा मैले छोडें यस्तो होला जस्तो लागेको थिएन, तर प्रार्थना गरौँ नेपाली जनताको सुख शान्ति होस् भनेर ।’सन्दर्भ हो २०६८ असार २३ गते जुनदिन उनि आफ्नो ६५ औं जन्मोत्सव मनाउदै थिए ।

बिचमा आए पत्रकार ऋषि धमला, र सोधे ‘पूर्व राजाको नाताले शान्ति र संविधानको म्यादको बारेमा र ५ बुंदे सहमति कसरि नियाल्नु भएको छ ? उत्तरमा एकै चोटी बम्किये ‘त्यो तपाईलाई नै थाह होला !’ धमलाले पुनः प्रत्ति प्रश्न गरे जनतालाई के भन्नुहुन्छ ? जबाफमा पूर्वराजाले भने त्यो कुरा मेरो कागजमा छ तेसैमा हेर्नु ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...