Tuesday, March 22, 2016

भूकम्प प्रभावित किसानलाई मकैको बीउ

seed-of-conrत्रिशूली (नुवाकोट), ९ चैत । मकैबाली लगाउने समय पारेर यहाँका भूकम्प प्रभावित किसानलाई मकै र तरकारीको बीउ वितरण गरिएको छ ।

नुवाकोटको कुमरी र चाउथे गाविसका दुई हजार ५०० भन्दा बढी भूकम्प प्रभावित किसानलाई मकै र तरकारीको बीउ वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०को सहयोगमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपालले कुमरी गाविसका एक हजार ५६५ परिवारलाई मकै र तरकारीको बीउ वितरण गरेको हो । यस्तै चाउथे गाविसको ढोकाभञ्ज्याङबाट पनि एक हजार आठ परिवारलाई बीउ वितरण गरिएको छ ।

किसानलाई मनकामना, देउती, रामपुर कम्पोजिट र अरुण २ जस्ता बीउ वितरण गरिएको हो । नुवाकोटमा १२ हजार घर परिवारलाई प्रतिपरिवार पाँच किलोको दरले मकैको बीउ वितरणको योजना रहेको एफएओको जिल्ला संयोजक महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...