Tuesday, March 22, 2016

एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

phone-handleजाजरकोट, ९ चैत । जिल्लाको मजकोट गाविस–६ स्थित स्काइ टेलिफोन टावरमा समस्या आउँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

यहाँको टावर अवरुद्ध हुँदा छिमेकी गाविस दह, कोताङ, गर्खाकोट, सुवानाउली र दशेरा गाविसका बासिन्दासमेत मर्कामा परेका छन् । एक सातादेखि बन्द भएको टेलिफोन सेवा सुचारु गर्नेतर्फ सरोकारवाला उदासिन भएको स्थानीयवासीले बताएका छन् ।

फोन बन्द भएपछि स्थानीय आफन्तसँग सन्चोबिसन्चोदेखि नियमित हुने कुरा गर्न नपाएको गुनासो गरेका छन् । यता नेपाल टेलिकमले सुर्खेतबाट छिट्टै प्राविधिज्ञले आएर समस्या हल गर्ने जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...