Tuesday, March 22, 2016

मौरीबाट अठार लाख आम्दानी

पथरी (मोरङ), ९ चैत । थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि उत्तरी मोरङका किसान मौरीमा लगानी गर्न थालेका छन् ।

जिल्लाका पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी गाविसमा व्यावसायिकरुपमा गरिँदै आएको छ । यहाँ एक हजार मौरीका घारबाट वार्षिक रु १८ लाख अम्दानी भएको किसानले बताएका छन् ।

“एक घार मौरीबाट वार्षिक रु १८ हजारसम्म आम्दानी गर्न सकिन्छ,” मेलिफेरा मौरी पालन सहकारी संस्थाका सदस्य सूर्य कटुवालले भन्नुभयो । अहिले विदेशबाट फर्किएका युवाहरु मौरी पालन व्यवसायतिर आकर्षित हुन थालेका छन् । मङ्सिर– पुसदेखि वैशाख महिनासम्म मौरीका घारलाई फूल फुल्ने यामअनुसार विभिन्न ठाउँमा घुमाउनुपर्ने हुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...