Tuesday, March 22, 2016

विकट गाउँमा एम्बुलेन्स सेवा

ambulanceफलेवास (पर्वत), ९ चैत । यहाँको एक विकट गाउँमा पहिलो पटक एम्बुलेन्स सेवा सुरु भएको छ ।

सडक निर्माण भएको एक दशक पुग्दा पनि एम्बुलेन्स र सवारी साधनको सुविधा नहुँदा समयमै उपचार पाउन नसकेका दक्षिण क्षेत्रका विभिन्न गाविसलाई लक्ष्य गरेर एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । दक्षिण पर्वतका हुवास, त्रिवेणी, बेउलीवास, सरौखोला, भोर्ले, टकलाक, उराम, वहाकी, रानीपानी, शालिग्राम गाविस बासिन्दालाई सेवा पु¥याउने गरी हुवास स्वास्थ्य चौकीले सेवा सुरु गरेको हो ।

दक्षिण क्षेत्रमा जन्मिएर विभिन्न पेसा व्यवसाय गरी राजधानीमा रहेकाको सङ्गठन ‘पैँयु सेवा समाज’ पर्वतको सहयोगमा एम्बुलेन्स सेवा सुरु गरिएको हो । पछिल्लो समय सुविधायुक्त सवारी साधनको अभावमा अस्पताल पुग्न नपाउँदै स्थानीयवासीले ज्यान गुमाउनुपरेको भन्दै एम्बुलेन्स उपलब्ध गराइएको संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...