Wednesday, March 2, 2016

बढी मूल्य लिने पेट्रोलपम्पमा सिल

सुरुङ्गा (झापा), १९ फागुन । झापाको गौरादहस्थित पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य तोकेभन्दा बढी लिएर उपभोक्ता ठग्ने गरेको पाइएपछि नवदुर्गा आयल स्टोर पेट्रोलपम्पमा आज सिलबन्दी गरिएको नेपाल आयल निगमका प्रतिनिधि लोकमणि पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, नापतौल गुणस्तर नियन्त्रण कार्यालय, विराटनगर र नेपाल आयल निगमबाट खटिएको संयुक्त अनुगमन टोलीले पम्पमा सिलबन्दी गरेको हो ।

उक्त पम्पले पेट्रोलियम पदार्थमा प्रतिलिटर रु एक बढी मूल्य लिएको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको हो । अनुगमन टोलीले यस अघि झापाको भद्रपुरका रहेको आर्या ट्रेड, मातृ आयल र पवित्रा पेट्रोलपम्पमा पनि सिलबन्दी गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...