Wednesday, March 2, 2016

उनी अभिशाप भएर जन्मिइन् रे

शोभि-अजर

विधा — कविता
शिर्षक — उनी अभिशाप भएर जन्मिइन् रे
लेखिका — शोभि अजर

उनी अभिशाप भएर जन्मिइन् रे

उनी जन्मेको
सबैलाई अभिशाप
भयो रे
उनी जन्मिएर
सबैलाई दुःख
दिइन् रे
उनी हरदम
काम बिगारिरहन्छिन् रे
उनी केही काम
पनि गर्दिनन् रे
न घर भित्रको काम गर्छिन् रे
न घर बाहिरको काम गर्छिन् रे
त्यसैले सबैले उनलाई
अभिशाप भन्छन् रे
उनले कसैलाई पनि
सहयोग गर्दिनन् रे
उनी कसैले भनेको
मान्दिनन् रे
उनको अनुशासन
छैन रे
उनी जब्बर
छिन् रे
त्यसैले उनी अभिशाप
भएर जन्मिइन् रे ।

(समाप्त)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...