Wednesday, March 9, 2016

सुवानी र विश्वले दर्शक तताए

IMG_7306

फागुन २४
महाशिब रात्रीको अवसरमा मोरङको उर्लाबारीमा सोमबारआयोजित सांगीतिक कार्यक्रममा गायिका सुवानी मोक्तान र गायक विश्व नेपालीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन ।

IMG_7305

भिजन फाउण्डेशन नेपाल उर्लाबारीको आयोजनामा गतबर्ष झैं यस बर्ष पनि महाशिब रात्रिको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा उनीहरुले सहभागी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन । सोमबार रातिसम्म चलेको उक्त सांगीतिक कार्यक्रममा गायिका सुवानी मोक्तानले कलिउड फिल्मको यो हो कलिउड…….., परेलीमा………, अलि अलि….., आज भोली…..

IMG_7300
लगायत बोलका आधा दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरी सहभागी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन । त्यस्तै गायक विश्व नेपालीले राष्ट्रिय र आधुनिक गरी २ दर्जन गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । नेपालिले पुराना आधुनिक गितलाई नया सैलिबाट प्रस्तुत गरेका थिए ।

IMG_7299
साथै स्थानीय पाठशाला ब्याण्डको समेत प्रस्तुति रहेको थियो । स्थानीय होटल सिङ्हिममा सोमबार साँझ ७ बजेदेखि सुरु भएको सो कार्यक्रम राति १० बजेसम्म चलेको थियो । भिजन फाण्डेशनद्वारा सञ्चालित सार्वजनिक पुस्तकालयको सहयोगार्थ सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राजु लामाले बताएका छन । २०७० सालमा स्थापना भएको सो फाउण्डेशनले यस क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...