Wednesday, March 9, 2016

मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने: स्वास्थ्यमन्त्री

Ramjanam-Chaudhariधनगढी, २६ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने पहल थालिएको बताउनुभयो ।

निजी तथा आवासीय विद्यालयको सङ्गठन (प्याब्सन) द्वारा यहाँ आयोजित चाँैथो प्याब्सन महोत्सवको आज समापन गर्दै स्वास्थ्यमन्त्री चौधरीले सहिद दशरथचन्दको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “प्रतिष्ठान बनेमा आम सुदूरपश्चिमवासीले उपचारका लागि भारतका सहरमा धाउनु पर्दैन ।”

उहाँले सेती अञ्चल अस्पताल धनगढीमा सञ्चालनमा आएको सघन उपचार कक्ष (आइसियु) मा दक्ष जनशक्तिको व्यवस्था गर्न पहल सुरु गरेको बताउनुभयो ।

विद्यालयका छात्रछात्रामा रहेको अन्तरनीहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्याब्सन महोत्सवमा विद्यालयका छात्रछात्राबीच खेलकुद तथा शैक्षिक क्रियाकलाप सञ्चालन गरिएको थियो ।

महोत्सवको समापनका अवसरमा खेलकुद तथा शैक्षिक गतिविधिमा उत्कृष्ट हुने विद्यालयका छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।

प्याब्सनका जिल्ला अध्यक्ष आरसी यादवको अध्यक्षतामा भएको समारोहमा विभिन्न व्यक्तिले जिल्लाको शैक्षिक गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । प्याब्सनमा कैलाली जिल्लाका १२५ विद्यालय आबद्ध छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...