Wednesday, March 9, 2016

दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु

विराटनगर, २६ फागुन । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको गएराति मृत्यु भएको छ ।

विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को२२प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...