Wednesday, March 23, 2016

दिक्तेल–चखेवा सडकमा कालोपत्रे सुरु

खोटाङ, ११ चैत । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवा सडकखण्डमा कालोपत्रेको काम सुरु गरिएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको हो । अहिले सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने र गिट्टीढुङ्गा फोर्नेलगायत काम जारी छ ।

करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर काम थालिएको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिनुभयो । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब रु एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने पाण्डेले बताउनुभयो ।
सडकखण्डमा पर्ने कालीखोला, पङ्खुखोला र लप्सेखोलामा निर्माण गरिने पुलको समेत सम्झौता भएर काम अगाडि बढेको जनाइएको छ ।

कालोपत्रेको काम सुरु भएसँगै मध्य पहाडी लोकमार्गले छोएका दिक्तेल, नेर्पा, च्यानडाँडा र निर्मलीडाँडा गाविसका स्थानीयवासीले गाउँमै रोजगारीसमेत पाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...