Wednesday, March 23, 2016

कहिले होला सौर्यबत्तीसहितको नक्सा पास ?

काठमाडौँ, ११ चैत । नयाँ बन्ने घरमा सौर्य बत्ती जडान गर्न प्रोत्साहन गरिएपनि सो कार्यले गति लिन सकेको छैन ।

काठमाडौँ महानगरपालिकामा नक्सा पास गर्ने निवेदन नै कम परेकाले सौर्य बत्ती जडान पनि प्रभावित भएको हो ।

काठमाडौँ महानगरपालिका सहरी विकास विभाग प्रमुख तथा इञ्जिनिएर राम थापाका अनुसार ऊर्जा सङ्कट टार्न सो नियम ल्याइएपनि हाल यस किसिमले घर निर्माण गर्नका लागि निवेदन आएका छैनन् ।

तीन महिना अघि सरकारले नयाँ निर्माण हुने घरका लागि सौर्य बत्ती जडान गर्नुपर्ने नियम ल्याएको थियो ।

थापाले सरकारले उक्त नियम सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने विद्यालय, अस्पताल, सरकारी कार्यालयलाई मात्र अनिवार्य गरेको हुनाले पनि व्यक्तिगत प्रयोजनका घर निर्माणमा त्यस किसिमको नक्सा नआएको हुनसक्ने बताउनुभयो ।

सोहीअनुरुप सार्वजनिक प्रयोजनको भवन निर्माण गर्नका लागि भने सौर्य बत्तीसहितको नक्सा पासको लागि निवेदन आएन सुरु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...