Wednesday, March 23, 2016

भारतद्वारा बङ्गलादेश १ रनले पराजित

ICC World Twenty20 India 2016: India v Bangladesh

काठमाडौँ, ११ चैत । भारतमा जारी आईसीसी टि–२० विश्वकपमा बङ्गलादेशलाई आयोजक भारतले १ रनले हराएको छ ।

भारतले दिएको १४७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १४५ रनमा समेटिँदा रोमाञ्चक खेलमा भारत विजयी भयो ।

अन्तिम बलमा जितका लागि २ रन चाहिएको बङ्गलादेशले कुनै रन बनाउन सकेन । भारतका लागि रविचन्द्र अश्विन, रविन्द्र जडेजा र हार्दिक पाण्डेयले २–२ विकैट लिए ।

CRICKET-WT20-2016-IND-BAN

बङ्गलादेशका लागि तामिम इकवालले ३५ र सविर रहमानले २६ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४६ रन बनायो । मध्यम स्कोर बनाउने क्रममा भारतका लागि शुरे रैनाले सर्वाधिक ३० रन बनाए । २३ बल खेलेका उनले २ छक्का र एक चौका प्रहार गरे ।

यस्तै विराट कोहलीले २४, शिखर धवन २३, रोहित शर्मा १८, हार्दिक पाण्डे १५, रविन्द्र जडेजा १२ रन बनाए ।

बङ्गलादेशका लागि अल अमिन होसाइन र मुस्ताफिजुर रहमानले समान २–२ विकेट लिए ।

timthumb.php

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...