Tuesday, March 8, 2016

नारी दिवस किन?

11825148_1029827627041420_4898187407012191519_n

नारी दिवसको छोटो ईतिहासलाई हेर्दा जर्मनीको कोपेनहेगन १९१० मा १७ देशका १०० जना महिला भेला भई बसेको सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेदेखि विश्वभर महिला जागरणका बिभिन्न कार्यक्रमहरु गरि यस दिवस वार्षिक रुपमा मनाउदै आईरहेको छ।

त्यस अवस्थामा महिलालाई मतदान दिन पाउने अधिकार संसारको दुई देशमा मात्र थियो। झन्डै एक शताब्दि सम्म आईपुग्दा आज करिब संसारको सबै देशहरुमा महिलालाई यो अधिकार सुनिश्चित छ। त्यस्तै महिला भएकै कारण एउटै काममा पनि पुरुषले भन्दा आधा कम तलब महिलाले लिन बाध्य थियो तर, अहिले धेरै देशहरुमा यो विभेद गर्न पाईदैन।

यस दिवसले संसारमा ठुलो परिबर्तन ल्याएको सत्य साबित छन्। फेरी पनि महिला हिंसा दर्दानाक रुपमा भैरहेको सुन्न देख्न र भोग्नु पर्दा यस दिवसलाई अझ बढी प्राथमिकता दिएर समाजलाई ज्योति दिन आवस्यक देख्छु।

अमेरिकामा आएर पहिलो पटक नारी दिवस सबै जना भेला भई कार्यक्रम गरेर मनाउने मौका पाए। यस दिवसले साच्चै मेरो जीवनमा ठुलो परिबर्तन ल्याएको अनुभव म गर्छु। यसै क्रमको हौसलाले यस क्यालोफोर्नियामा पहिलो महिला संगठन नेपाली महिला विश्व संजाल क्यालिफोर्नियाको स्थापना मेरो अध्यक्षतामा गरे।

यहि संजालले बार्षिक रुपमा यस दिवसलाई भव्यताका साथ विभिन्न नारी जागरण र सम्मान कार्यक्रमको आयोजना गरेर मनाउदै आएकोमा गर्व गर्दछु। यस सालको नारी दिवस यहि मार्च १२ तारिक साँझ धुनाधामका साथ मनाउन गैरहेको छ। यो दिवस तब सम्म मनाउनु पर्छ जब सम्म संसारभर महिला भएकै कारण विभेद नहोस र पुरुष सरह अधिकार, अवशर र ईज्जत पाउन सकोस।

जसरी सरकसमा हात्तिको एक बच्चालाई डोरोले बाधेर राख्छ, उ सानो छदा स्वतन्त्र हुने कोसिस गर्छ तर उसको सानो बलले डोरो छिनाल्न सक्दैन। त्यसपछि उसको दिमाग सक्दैन भनेर बिकास हुन्छ, जब हात्ती ठुलो हुन्छ उसँग सयौ गुना बल भएर पनि सानो डोरोमा बाधिएर उ बस्छ।

उसले डोरो छिनाल्न कहिल्यै कोशिस गर्दैन। उसले आफु कमजोर भएको पूर्ण रुपमा विश्वास गर्छ तर, यदि कसैले गएर त्यस हात्तिको कानमा हे हात्ती तिमीसँग कति बल छ एक चोटी डोरो तानेर हेर भन्दिएको खण्डमा हात्तीलाई डोरो छिनाल्न कत्ति मिनेट लाग्ला? बश एक मिनेट, बर्षौ देखि मान्दै आएको विश्वास एक मिनेटमा तोड्न सक्छ जब सत्य आगाडि आउँछ।

त्यसरी नै हाम्रो समाजले हामीलाई विश्वास दिलाएको छ की पुरुष भनेको जन्मले महान हुन्छ नारी भनेको जन्मले नै कमजोर हुन्छ भनेर यस अन्धविश्वासलाई तोड्न सत्य आगाडि ल्याउन सक्नु पर्छ की कुनै पनि मानिस जन्मले होईन कर्मले महान हुन्छ चाहे त्यो नारी होस् या पुरुष।

यस सत्यलाई साबित गरेर नारी पुरुष बराबारी हुन नारी दिवस जिन्दाबाद!

लेखिका- एनडब्लुजीएन क्यालिफोर्निया एवं नर्देंन क्यालिफोर्निया तमु समाजकी सस्थापक अध्यक्ष हुन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...