Thursday, March 10, 2016

नाइजेरियामा कोमल ओलीले धमाका मचाउने 

     komal oli  
लेगोस , नाइजेरिया 
गैर आबासिय नेपाली संघ नाइजेरियाको आयोजनामा नाइजेरियाको लेगोसमा आगामी मार्च २७ मा हुने नेपाली सांगीतिक कार्यक्रमको लागि नेपालकी चर्चित गायिका कोमल ओलीले धमाकाधार प्रस्तुति गर्ने भएकी छिन् l उक्त कार्यक्रममा कोमल ओलीको साथमा स्थानीय कलाकारहरुले सो कार्यक्रममा आफ्ना गीत तथा नृत्यहरु प्रस्तुत गरिने भएको जानकारी संयोजक तथा एनआरएनए नाइजेरियाका अध्यक्ष दिपक कर्णले बताएका छन् l नाइजेरिया स्थित गैर आबासिया  नेपालीहरुले उत्सुकता साथ प्रतिक्षा गरि रहेको संघका अन्तराष्ट्रिय समितीका सदस्य चिरन्जिबी रोकाले  बताए |
       
नेपाली चर्चित कलाकारको प्रस्तुति रहने यो कार्यक्रम अफ्रिका महादेशमै पहिलो भएकोले संघका अन्य शाखाहरुलाई पनि भबिष्यमा नेपाली संगीत ,कला र साहित्य सम्बन्धि कार्यक्रम गर्ने यसले प्रेरणा  मिल्ने संघका अन्तराष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले विश्वास लिएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...