Thursday, March 10, 2016

टोरोन्टोमा नेपाली चलचित्र महोत्सवको भव्य तयारी

TNFF

टोरोन्टो, २७ फागुन । क्यानडाको टोरेन्टोमा आगामी साता नेपाली चलचित्र महोत्सव हुने भएको छ ।

नेपाली साना चलचित्रहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले विगतका बर्षहरुमा झै यस बर्ष पनि क्यानडाको टोरोन्टोमा ‘टोरोन्टो नेपाली फिल्म फेस्टिवल’ हुने भएको हो । मार्च १९ र २० तारिखमा हुने यो महोत्सव ७ औं संस्करण हो ।

चलचित्र महोत्सवमा यस बर्ष नेपाल, क्यानडा, भारत , बंगलादेश, अमेरिका, फ्रान्स, स्पेन र बेलायतबाट गरि ७५ वटा छोटा चलचित्र र र वृत्तचित्र प्राप्त भएकोमा निर्णायक मण्डलको छनौट अनुसार ११ वटा चलचित्रहरु प्रदर्शन गरिने आयोजक समितिकी कार्यकारी निर्देशक मेरिगोल्ड भण्डारीले जानकारी दिइन् । उनका अनुसार, महोत्सवमा नेपालको भूकम्पसम्बन्धी बहुचर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरु, कास्टवे म्यान, माछाको सपना, छोरा लगायतका वृत्तचित्र तथा छोटा चलचित्रहरु प्रदर्शन हुँदैछन् ।

TNFF1

यसबर्षको महोत्सवको संयोजन ओन्तारियो कलेज अफ आर्टस एण्ड डिजाइन युनिभर्सिटी टोरोन्टोका सुरेन्द्र लावतीले गरेका छन् भने लोक गायक बुद्दिसागर बस्यालले आफ्नो नयाँ तथा पुराना लोकप्रिय लोक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।यसैगरी, महोत्सवमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) की कार्यकारी निर्देशक एवं चलचित्रकर्मी रम्यता लिम्बूले नेपालबाट अतिथ्यता ग्रहण गर्दैछिन् ।

नेपाली जनजीबन, कला संस्कृतिलाई क्यानडाका दर्शकहरु समक्ष प्रस्तुत गर्ने उद्देश्यले ७ बर्ष अघि नेपाली युवा स्वयम्सेवकहरुको सक्रियतामा यो महोत्सव सुरु भएको थियो । शुरुमा टोरोन्टोमा १ दिन मात्र आयोजना गर्दै आएको महोत्सव गत केही बर्षदेखि २ दिन आयोजना हुँदै आएको छ । यस बर्ष पहिलो दिन मार्च १९ मा टोरोन्टोमा र दोश्रो दिन मार्च २० का दिन मिसिसागा नगरीमा पनि आयोजना गरिने भएको छ। आयोजक समितिले आफ्नो आधिकारिक वेभसाइटमार्फत टिकट खरिद गर्न अपिल पनि गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...