Tuesday, March 22, 2016

फागुजात्रामा झडप, तीन युवा घाइते

चितवन, ९ चैत । दारेचोक गाविस–३ लामिडाँडाको फागु मेलामा गए राति दुई युवा समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ घाइते भएका छन् ।

जसमध्ये सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । राति १ बजेको समयमा स्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...