Wednesday, March 23, 2016

२५४ वटा स्तम्भ ‘गायब’

Simaa copyकाँकडभिट्टा, ११ चैत । नेपाल र भारतबीचको सीमा छुट्याउने झापाका २५४ वटा स्तम्भ ‘गायब’ छन् । हराएका भनिएका स्तम्भको खोजी गरेर पुरानै ठाउँमा कायम गरिने नापी विभागले जनाएको छ ।

झापामा साना, ठूला र मझौला गरी ९८९ वटा स्तम्भ पर्छन् । विभागको टोली पाँच महिनायता सीमा स्तम्भको व्यवस्थापनमा जुटेको छ ।

हराएका र काम नलाग्ने अवस्थाका स्तम्भ पुन: नयाँ बनाइने अधिकृत सुशील डंगोलले जनाए । ‘पहिले अवस्था पत्ता लगाउछौँ, त्यसपछि सम्बन्धित स्थानमा पुन: स्थापना गर्छौं,’ डंगोलले भने ।

उनका अनुसार २१५ वटा स्तम्भ मर्मत र ५० वटा नयाँ निर्माण गरिएको छ । हराएकालाई पुन: बनाउने, जीर्णलाई मर्मत गर्ने र रंग रोगनको काममा दुवै देशका अधिकारी सहभागी छन् ।

दुवै मुलुकका नापी विभागका प्रतिनिधि, भारतीय सशस्त्र सीमा बल र नेपालको सशस्त्र प्रहरी त्यसमा खटिएका छन् । टोलीका अनुसार ५०८ वटा स्तम्भ साधारण ममर्त गरे हुने अवस्थामा छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...