Wednesday, March 23, 2016

प्रधानमन्त्रीले आज ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने

सान्या (चीन), ११ चैत । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्नुहुने छ ।

प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या आइपुगेको हो । प्रधानमन्त्रीले आज बिहान सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सान्या आउनुअघि प्रधानमन्त्री ओलीले बेइजिङस्थित ‘ग्रेटहल अफ द पिपुल’ मा बुधबार जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष यु झेङ्गसेंगसँग भेट गर्नुभएको थियो । उहाँहरुबीच नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरी सम्बन्ध सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...