Tuesday, March 22, 2016

बेपत्ता युवाको शव फेला

चितवन, ९ चैत । पाँच दिनअघि नारायणी नदीमा माछा मार्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका एक युवाको शव आज बिहान नारायणी नदीमा फेला परेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार कोराक गाविस–७ घर भई भण्डारा–१ बस्ने २७ वर्षीय सन्तलाल मोक्तानको शव उद्योग वाणिज्य सङ्घको कार्यालय पछाडि नदी किनारमा आज बिहान ६ः३० बजे फेला परेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...