Wednesday, March 9, 2016

तातोपानी खनाइदिँदा घाइते, उपचारमा समस्या

दाङ, २७ फागुन । प्यारालाइसिस रोग निको पार्ने भन्दै धामीले तातोपानी शरीरमा खनाइदिँदा गम्भीर घाइते हुनुभएकी दाङ हाँसीपुर–१ रुपाकोटकी थुमसरा विकको उपचारमा आर्थिक समस्या भएको छ ।

आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको उहाँकी छोरी दमन्ता विकले बताउनुभयो । कोइलावासमा आफूलाई धामी बताउने कमल क्षेत्रीले प्यारालाइसिस निको पार्ने भन्दै फागुन २६ गते थुमसराको शरीरमा तातोपानी खन्याइदिएका थिए । तातोपानी खन्याएको १० दिनपछि मङ्गलबार मात्रै थुमसरालाई गम्भीर घाइते अवस्थामा राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो ।

बीस वर्षदेखि शरीरको दाहिने भाग नचल्ने अवस्थामा रहेकी थुमसरालाई निको पार्ने भन्दै धामीले तातोपानी शरीरमा खन्याएका थिए ।

घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि उहाँलाई पाल्पाको मिसन अस्पतालमा पु¥याइएको छ । ऋण काढेर उपचारका लागि पाल्पा पु¥याइएको र उपचारमा सहयोग गरी ज्यान बचाइदिन छोरी दमन्ताले सबैसँग आग्रह गर्नुभएको छ । तातोपानीले थुमसराको शरीरको करिब ६० प्रतिशत भाग पोलेको छ ।

यसैबीच, प्रहरीले शरीरमा तातोपानी खन्याउने कमल क्षेत्रीलाई उपचारको जिम्मेवारी लिन भनेको छ । बुधबार कोइलावासबाट पक्राउ परेका क्षेत्रीलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको र उपचार खर्च बेहोर्न भनेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...