Wednesday, March 9, 2016

आगोले लियो बालकको ज्यान

aagoदोलखा, २७ फागुन । दोलखाको भीमेश्वर नगरपालिका–७ पिप्लेका एक बालकको पूजा गरेर फालेको आगो सल्कँदा बुधवार ज्यान गएको छ ।

घर नजिकैको जङ्गलमा जङ्गली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको ज्यान गएको हो ।

आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जङ्गलमा आगलागी भई निभाउन जाने क्रममा सोही स्थानमा बस्ने नारायण खत्रीको छोरा मनिष गम्भीर घाइते भएका थिए ।

घाइते भएका मनिषलाई उपचारका लागि काठमाडौँ लाने क्रममा बुधवार दिउँसो बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...