Wednesday, March 9, 2016

घरको नक्सा बनाउने कन्सल्टेन्सी उद्घाटन

खोटाङ, २७ फागुन । खोटाङमा आधुनिक घरको नक्सा बनाउने इन्जिनियरिङ कन्सल्टेन्सी सेवा सुरु गरिएको छ ।

भूकम्प प्रतिरोधात्मक प्रविधिबाट निर्माण गरिने आधुनिक घरको नक्सा निर्माण एवम् परामर्शका लागि विजय इन्जिनियरिङ कन्सल्टेन्सीले दिक्तेलमा शाखा खोलेको हो ।

एमाले पार्टी कार्यालय छेउमा रहेको इन्जिनियरिङ कन्सल्टेन्सीको शाखा कार्यालय ९९ वर्षीय वैजनाथ आचार्य र स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो । काठमाडौँको डिल्लीबजारमा प्रधान कार्यालय रहेको कन्सल्टेन्सीले वास्तुशास्त्रअनुसारको घर निर्माणका लागिसमेत नक्सा तयार पार्ने जनाएको छ ।

शाखाबाट सर्भे, इस्टिमेट, भ्यालुएसन, सुपरभिजन, इन्जिनियरिङ परामर्शलगायतका सेवा प्रदान गरिने कन्सल्टेन्सीका प्रोप्राइटर धर्मराज पोखरेलले बताउनुभयो । २० वर्षदेखि काम गर्दै आएको कन्सल्टेन्सीको यो तेस्रो शाखा हो ।

दिक्तेल नगरपालिका घोषणा भएसँगै सोही मापदण्डअनुसारको घरको नक्सा निर्माणका लागि शाखा सुरु गरिएको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...