Wednesday, March 23, 2016

कविता – आउ खेलौँ होली

rakeshkarki

कविता

आउ खेलौँ होली

देश विदेश जताततै

यो कस्तो उमंग

आयो फागुन होलीको

थरिथरिको रङ्ग

एकआपसमा मिलेर

भिँडमा रमाइरहे

मौसम नै मज्जा आनन्द

रङ्गमै डुबाइरहे

बादलको स्वागत सूर्यको मुस्कान

जगतमै हाँसो छ

प्रेम-रङ्ग भरेर बेलुन प्रहार

खेलमा जो चासो छ

पिचिचिचि पिचकारी फोहरा

वर्षा भो रङ्गकै

नाचे सङ्गीतमै छमछम

नशा त्यो भाङकै

सदभावको अबिर दलेर

सप्तरङ्गी रङ्गोली

बाडेर रङ्गीन पिरती

आउ खेलौँ होली

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...