Tuesday, March 22, 2016

डिजिटल प्रविधिबाट घरधुरी सर्वेक्षण गरिने

इलाम, १० चैत । इलामको सूर्योदय नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै घरधुरी

सर्वेक्षणको गर्ने भएको छ ।

नगरपालिकाले प्रत्येक वडाका दुईदेखि तीनजना स्वयम्सेवकलाई प्रविधिसम्बन्धी तालिम दिएर घरधुरी सर्वेक्षणमा पठाउन लागेको छ । ‘स्मार्ट फोन’को प्रयोग गर्ने युवालाई तालिम दिएर यही सातादेखि सर्वेक्षणमा पठाउन लागिएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

सर्वेक्षणमा भाडामा लगाइएको घर, सवारीसाधन लगायतको तथ्याङ्क सङ्कलन गरिनेछ । डिजिटल प्रविधिको प्रयोग गर्दा तथ्याङ्क सङ्कलकहरू प्रत्येक घरमा पुगेर आफ्नो मोबाइलमा भएको सफ्टवेयरमा तथ्याङ्क भर्नेछन् । यसरी तथ्याङ्क सङ्कलन गर्दा करिब १५ दिनमा सबै वडाको तथ्याङ्क आइसक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले तथ्याङ्क सङ्कलकहरूलाई मङ्गलबारदेखि तालिम दिन थालेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...