Tuesday, March 22, 2016

निःशुल्क आँखा शिविर

eyeरामपुर (पाल्पा), १० चैत । जापानका नागरिक समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) को आर्थिक सहयोगमा जिल्लाको दुर्गम भेगमा पर्ने गल्धाको पिपलभन्ज्याङ्मा मङ्गलबार एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

जुनतारा समाज गल्धाको आयोजनामा भएको शिविरमा १७४ जना आँखाका बिरामीले आँखा परीक्षण गराएकामा १५ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । थप उपचारका लागि आउँदो २८ गते रामपुरमा हुने शल्यक्रियासहितको आँखा शिविरमा रिफर गरिएको छ । मोतियाविन्दुका बिरामीका लागि उपचार खर्च लायन्स क्लब अफ रामपुरले सहयोग गर्ने अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।

शिविरमा युनाइटेड मिसन अस्पताल तानसेनका दन्त रोग विशेषज्ञ डा रोशन खरेलसहितका टोलीसँग १३७ जनाले दाँतको परीक्षण गराएका छन् । शिविरमा आँखा र दाँतका समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो । औषधिसहितको निःशुल्क उपचार सेवा गाउँमै पाएपछि यस क्षेत्रका स्थानीयवासी खेमबहादुर खण्डलुकले खुसी व्यक्त गर्नुभयो । समाजसेवी ओकेबाजेले दुर्गम भेगका गरिब, असहाय, अशक्त, वृद्धवृद्धालाई उपचारका लागि सहज होस् भन्ने उद्देश्यले गाउँमै सेवा दिएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...