Friday, March 4, 2016

थप नक्कली चिकित्सक पक्राउ

Nakkali-Doctorकाठमाडौँ, २१ फागुन । प्रवीणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सक बनी जिल्ला अस्पताल डोटीमा मेडिकल अधिकृतका रुपमा कार्यरत सुजितकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, थानकोट बस्ने ४७ वर्षीय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोकोे प्रहरी टोलीले बिहीबार थानकोटबाट पक्राउ गरी आज जानकारी दिइएको हो । उनीमाथि सरकारी छाप दस्तखत कीर्ते तथा नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

नक्कली चिकित्सकविरुद्ध ‘अपरेसन क्वाक’ चलाएको ब्युरोले यसअघि १२ नक्कली चिकित्सकलाई पक्राउ गरिसकेको छ । जनमानसको स्वास्थसेवा जस्तो गम्भीर विषयमा यस्तो प्रकृतिको नक्कली काम भई ठगी भइरहेको पाइएकाले चिकित्सा पेसामा संलग्न अन्य व्यक्तिको शङ्कास्पद शैक्षिक प्रमाणपत्रको पनि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...