न्युयोर्क— चर्चित गायिका आनि छोइगा डोल्माले संयुक्त राष्ट्र संघको महासभामा गेष्ट अफ अनरको रुपमा आफनो चर्चित गीतहरु गाउने भएकी छिन । राष्ट्रसंघमा पहिलो पटक नेपाली गायिकाको रुपमा आगामी मार्च २० तारिख चर्चित बौद्ध बजनहरु र आध्यात्मिक गीतहरु मार्फत राष्ट्रसंघमा शान्तिको आव्हान गीत प्रस्तुत गर्ने भएको छ । गायिका आनि राष्ट्रसंघको अन्तराष्ट्रिय खुसी दिवसको अवसर पारेर न्युयोर्क आउने भएकी छिन ।
खुसी आर्थिक समृद्धिको महत्वपुर्ण अंग भएको भन्ने नाराका साथ राष्ट्रसंघले सन २०१२ देखि हरेक वर्षको मार्च २० लाई खुसी दिवसको रुपमा मनाउदै आएको छ । युनिसेफकी सदभावदुत समेत रहेकी आनी छोइगको टोलिमा संगीतकार न्हयु बज्राचार्य, गोपाल रसाइली र रमन मर्हजन सहाभागी हुने भएको छ । राष्ट्रसंघको कार्यक्रमपछि आनीले स्थानीय सस्था जिमिनद्धारा मार्च २६ तारिख आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा गीत गाउने भएकी छिन । जिमिनले भुकम्प पिडितको सहयोगको लागी आनीको कार्यक्रम गर्न लागेको जनाएको छ ।
Friday, March 4, 2016
चर्चित गायिका आनी छोइगले राष्टसंघमा गाउने
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment