साना, ९ चैत । यमनमा मङ्गलबार बिहान भएको हवाई कारबाहीमा परी नौ जना विद्रोही मारिएको समाचार छ । साउदी अरेबियाको सेनाले गरेको हवाई आक्रमणमा ती व्यक्ति मारिएका हुन् ।
यमनमा गत मङ्गलबार मात्र पनि कम्तीमा ३० व्यक्तिको मृृत्यु भएको समाचारमा जनाइएको थियो । यमनमा विद्रोहीका क्रियाकलाप बढ्दै जान थालेको बताइएको छ ।
सोही कारण यमनको राजधानी सानाबाट उत्तरमा पर्ने एक स्थानीय बजार इलाकामा साउदी अरेबियाको सेनाले आक्रमण गरेको बताइएको छ ।
सोमबार पनि सोही क्षेत्रमा आक्रमण भएको थियो । तर त्यस आक्रमणबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।
मङ्गलबार सेनाले हवाई कारबाही गरेको र त्यसमा परी नौ जनाको ज्यान गएको अधिकारवादीहरुले जनाएका छन् । आक्रमणको बारेमा यमनी सुरक्षा निकायले भने केही बताएको छैन ।
No comments:
Post a Comment