Tuesday, March 22, 2016

सुरक्षा कारबाहीमा २० तालिवान विद्रोहीको मृत्यु

afaganistan-1024x722काबुल, ९ चैत । तालिवान लडाकूका विरुद्ध अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको सुरक्षा कारबाहीमा परी मङ्गलबार बिहानसम्म कम्तीमा पनि २० तालिवान लडाकूको मृत्यु भएको समाचार छ ।

गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

अफगान प्रहरी र सैनिकको संयुक्त सहभागितामा भएको यस कारबाहीको क्रममा ११ आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य १३ जना घाइते भएका पनि सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले भारी मात्रामा हातहतियारसमेत बरामद गरेको बताइएको छ । तर यसबारे तालिवान विद्रोहीबाट कुनै प्रतिक्रिया आइसकेको छैन । प्राप्त पछिल्लो समाचारमा तालिवानहरुले हाल त्यहाँ आक्रामक रुपमा आक्रमण गर्ने गरिरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...