Tuesday, March 29, 2016

ट्रक पल्टिँदा तीनजना घाइते

उर्लाबारी (मोरङ), १६ चैत । प्रभातकालीन समयमा (मर्निङ वाक)मा हिँडेका मान्छेलाई बचाउने क्रममा आज बिहान मोरङको पथरीमा एउटा ट्रक पल्टिएको छ ।

मालबाहक ट्रक पल्टिँदा ट्रकका सहचालकसहित तीनजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना१ख ८९६७ नंको ट्रक पथरी–शनिश्चरे–१ स्थित पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो ।

ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकका सहचालक झापा दमक बेलडागीका ३९ वर्षीय हर्कबहादुर विक, ट्रकमा सवार पथरी शनिश्चरे–१ का ५२ वर्षीय शिव राई र तेह्रथुम वसन्तपुर–४ का ३१ वर्षीय विजय लिम्बू घाइते भएका छन् । उनीहरुको पथरीमै उपचार भइरहेको छ । ट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...