वोर्ल्ड नेवा: अर्गनाइजेसन (WNO) को अन्तरास्ट्रिय संमेलन अमेरिकाको बाल्टिमोर शहरमा भब्यताकासाथ सम्पन्न भएको छ l
बाल्टिमोरको ट़ाऊसन स्थित शेराटन होटलमा मार्च २५, २६, २७ तिन दिन सम्म चलेको यस संमेलनमा अमेरिकाको पुर्ब देखी पश्चिम सम्मका १० वोटा राज्यहरुबाट र नेपाल, भारत, कतार, बेलायत, अमेरिका, क्यानाडा, कजाकस्तान, नेदरल्याण्ड,
पोर्चुगल र स्विटजर्ल्याण्ड बाट नेपालीहरुले भाग लिएका थिए l
अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्की र नेपाल देखी आएका जनजाती नेता मल्ल के. सुन्दर ले संयुक्त रुपमा संमेलनको ऊदघाटन गरेका थिए l
शेराटन होटलको भब्य ऊदघाटन समारोह पछी नेवा: भाषा, संस्कृती बारे बिभिन्न
फोरमहरु संचालन भएका थिए l अमेरिकाका बिभिन्न बिश्वोबिद्यालयहरुमा प्राध्यापन गर्ने नेवा: प्राध्यापकहरु र अमेरिकी सरकारका नेवा: बैज्ञानिकहरुको Powerpoint Presentations बडो ज्ञानबर्धक थिए l अमेरिकाको पुर्बमा न्युयोर्क, सुदुर पश्चिममा क्यालिफोर्निया / ओरेगन र दक्षिणमा फ्लोरिडा / न्युओरेलन लगायत १० वोटा राज्यहरुबाट आएका नेवा: प्रतिनिधीहरु अमेरिकामा सफल ब्यबसायीहरु र अमेरिकी सरकारको स्थानीय सरकार, राज्य सरकार, फेडरल गभर्नमेन्टको ऊच्च ओहदामा कार्यरत नेपालीहरु थिए भने युरोपतिरबाट आएका नेवा: प्रतिनिधीहरु चाहिं बिश्वो बैंक, एसियन डेभलपमेन्ट बैंकका बरिस्ठ ईन्जीनियर तथा युरोपका बिश्वोबिद्यालयहरुमा प्राध्यापन गर्ने नेवा: प्राध्यापकहरु संमेलनमा सहभागी थिए l
अमेरिकाको बिश्वोबिद्यालयमा नेवा: भाषा प्राध्यापन गर्ने पहिलो नेपाली दया शाक्य (ओरेगन) संमेलनको कन्भेनर, सिजन श्रेष्ठ, रामलाल श्रेष्ठ, सरोज प्रजापती लगायतको टिमले अहोरात्र खटेर आयोजन गरिएको यो संमेलन दोश्रो अन्तरास्ट्रिय संमेलन हो भने पहिलो संमेलन लन्डनमा भएको थियो l
संमेलनको अन्तिम दिनमा आयोजित संमेलनको घोषणा शभामा पुर्ब: सोभियत संघ (कजाकस्थान) देखी आएका कृष्ण चाखुंले आयोजकको तर्फबाट ७ बुंदे बाल्टिमोर घोषणा पढेर सुनाए l
संयुक्त राष्ट्र संघको जेनेभा कन्भेन्सनले पारित गरेको दफा १६९ र ऊप-दफा २८ को धारा-१ , ऊप-धारा-३ ले संसारभरीका सरकारहरुलाई निर्देशन गरेको आदिबासी जनजातीहरुको लागी हुनुपर्ने संबैधानिक ब्यबस्था नेपालको नयाँ गणतान्त्रिक संबिधानमा पनी ऊल्लेख नगरिएकोले, जेनेभा कन्भेन्सनको निर्देशन बमोजिम संबैधानिक ब्यबस्थाको लागी नेपाल सरकारलाई दबाब दिने लगायत ७ वोटा महत्वोपूर्ण बुँदाहरु भएको “बाल्टिमोर घोषणापत्र (Baltimore Declaration)” जारी गरियो l
संमेलनको अन्तिम दिन डा. बाल गोपाल श्रेष्ठ (नेदरल्याण्ड) को कार्यसमिती बिघटन गर्दै
नेवा अर्गनाईजेसन अफ अमेरिका (NOA ) का निबर्तमान अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा निम्नानुसारको वोर्ल्ड नेवा अर्गनाइजेसन (WNO) को नयाँ कार्यसमिती घोषणा गरियो
१) अध्यक्ष – सिजन श्रेष्ठ (बाल्टिमोर, यु. एस. ए.)
२) प्रथम ऊपाध्यक्ष – दया रत्न शाक्य (पोर्टल्याण्ड, ओरेगन)
३) ऊपाध्यक्ष – डा. नारायण राजभण्डारी (नर्थ क्यारोलिना)
४) ऊपाध्यक्ष – स्वोएम्भु धर तुलाधर
५) महा-सचिब – सुभाष राम प्रजापती ( सियाटल, वाशिंगटन )
६) जन सम्पर्क अधिकृत – कृष्ण चाखुं (कजाकस्तान)
७) रजनी श्रेष्ठ – सनफ्रान्सिस्को, क्यालिफोर्निया
नवनिर्बाचित अध्यक्ष सिजन श्रेष्ठको नयाँ टिमलाई eNepalese.Com को तर्फबाट हार्दिक बधाई छ l
No comments:
Post a Comment