Friday, March 25, 2016

८२ वर्षीय वृद्धाद्वारा निःशुल्क जग्गा प्रदान

ताप्लेजुङ, १३ चैत । ताप्लेजुङको हाङ्देवा गाविसकी ८२ वर्षीय वृद्धा पृथ्वीमाया श्रेष्ठले प्राङ्गारिक मल प्रशोधन गर्ने साझा सुविधा केन्द्र स्थापनाका लागि पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत जिल्लाको हांदेवा–३ मा निर्माण हुने सुविधा केन्द्रका लागि आवश्यक करिब रु चार लाख मूल्य बराबरको सो जग्गा शुक्रबार घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङको नाममा रजिस्ट्रेसन पास गरी दिनुभएको हो ।

हांदेवालगायत सो क्षेत्रका लघु उद्यमी महिला दिदीबहिनीलाई एवम् सेवा क्षेत्रका बासिन्दालाई फाइदा पुगोस् भनेर आफूले निःशुल्क जग्गा प्रदान गरेको श्रेष्ठको भनाइ छ । घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख नवीन पौडेलका अनुसार सो सुविधा केन्द्रबाट नौ जना लघुउद्यमीले प्रत्यक्ष फाइदा लिने छन् ।

चालु आवभित्रै घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङद्वारा निर्माण हुने उक्त सुविधा केन्द्रबाट हांदेवालगायत आसपासका गाविसलाई प्राङ्गारिक मल उत्पादन गर्न सहज हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...