Friday, March 25, 2016

बस पल्टिँदा २१ जना घाइते

Road Accidentचितवन, १३ चैत । कृषक समूहलाई भ्रमणमा लिएर आएको बस अनियन्त्रित भई सडकमा पल्टिँदा २१ जना कृषक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दमकबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख १७९९ नम्बरको मिनिबस भरतपुर उपमहानगरपालिका–२ आँपटारीमा आज बिहान ३ः४० बजे दुर्घटना हुँदा बसमा सवार उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये १० जनाको भरतपुर अस्पतालमा र ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

दमकस्थित नवजागरण कृषक समूहका कृषक भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...