Sunday, March 6, 2016

परदेशी छोरा आयो बजारमा

Paradeshi Chhora

बाल्टिमोर,अमेरिका,मार्च ६ | अमेरिकामा बस्दै आएका लोकदोहोरी गायक कमल खनाल लोक संगीतको क्षेत्रमा छुटाउनै नसकिने नाम हो | पाल्पामा जन्मेर हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका कमल हालै नेपाल गएर कर्मथलो फर्केका छन् | नेपालमा रहँदा उनले ‘परदेशी छोरा’ नामको एकल लोकगीत बजारमा ल्याएका छन् | अमेरिकामा रहेपनि आफ्नो कला र गलालाई भने निरन्तरता दिन छोडेका छैनन् कमलले भन्ने उदाहरण हो यो उनको ‘परदेशी छोरा’|स्वर,शब्द र लय सबै आफैं भरेका गायक खनालको ‘परदेशी छोरा’ गीतले सबैको मन जित्न थालिसकेको छ |
परदेशी भूमिमा नेपालीहरुको दर्दनाक कथालाई गीतमा जस्ताको तस्तै उतारिएको छ | यता नेपालमा परदेशी छोराले पाएको दु:ख,कष्ट साथै परिवारले उसबाट गरेको आशा,त्यो आशा निराशामा परिणत हुँदा नेपालमा भएका परिवारजनले पाएको दु:खको बारे पनि खनालले बडो मार्मिक ढंगले गीतमा शब्द भरेका छन् |
लाखौ परदेशीहरुको वास्तविक कथा,हजारौं आमाहरुको वास्तविकता,
लोक गीत संगीत पारखीहरुको मन छुने, एउटा उत्कृष्ठ लोक गीत,
वास्तविक स्रोता र दर्शकहरुलाई मनपर्ने
यस्तै श्रष्टा,सर्जक कलाकारहरुले हो लोकगीत संगीतको
संरक्षण गर्ने, अनि गर्व लाग्छ हाम्रो लोक भाका,
हाम्रो लोक संस्कृति, हाम्रो मौलिकतामा…
सबै पक्ष उत्कृष्ठ छ,मन छोयो गायक एवं सर्जक कमल खनाल र सम्पूर्ण टिमलाई
हार्दिक बधाई एवं सफलताको लागि शुभकामना !!!!
‘परदेशी छोरा’का बारे एक लोक संगीत पारखीले गायक खनालको फेसबुक वालमा व्यक्त गरेको संदेश हो यो | यसैबाट पनि ‘परदेशी छोरा’को बारे अनुमान लगाउन सहयोग पुग्छ यो गीत कस्तो छ भनेर |
यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ | जसमा तीतो सत्यका सन्तोष पन्त र रमा थपलियासहित कमल स्वयम् र सपना थापाको अभिनय रहेको छ | कलाकारहरुको जीवन्त अभिनयले सबैका आँखा रसाउँछन् |
डाली पलायो,(पन्चे बाजाको,छुट्नी दिन आयो,आऊँ नाचन पन्चेबाजामा),माया मारे है,भेटौंला अवश्य ,लगायतका गीतमा स्वर भरिसकेका गायक खनालको पछिल्लो गीतको म्युजिक

भिडियो हेरौं :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...