Sunday, March 6, 2016

रियल मेड्रिडको सेल्टा भिगोमाथि फराकिलो जित

Rekha-Thapa

काठमाडौ, २३ फागुन । क्रिष्टियानो रोनाल्डो एक्लैको चार गोलको मद्दतले रियल मड्रिडले सेल्टा भिगोमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई ७–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१ औँ मिनेटमा पेपेको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा एक सून्यले अग्रता लिएको रियलले दोस्रो हाफमा ६ गोल गरेको थियो ।
रियलका लागि रोनाल्डोले ५० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै ५८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले टोलीलाई ३–० को अग्रता दिलाए । खेलको ६२ औँ मिनेटमा सेल्टा भिगोका लागोले गोल गर्दै खेल ३–१ म झारेका थिए। तर खेलको ६४ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

यस्तै खेलको ७६ औं मिनेटमा रोनाल्डोले फेरि अर्को गोल गरेपछि रियलले ५–१ को अग्रता लियो। यस्तै खेलको ७७ औं मिनेटमा जेसे तथा ८१ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई ७–१ को सानदार जित दिलाए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...