Wednesday, March 2, 2016

बेलायत पत्रकारको चुनावी मैदानमा को को लड़ाने भए ।

लण्डन फाल्गुन १९ । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ, युके शाखाको आगमी ६ मार्च आइतबार लण्डनमा हुने तेश्रो अधिवेसनको चुनावी पारो तातिँदै गईरहेको छ ।
अध्यक्ष पदमा नरेश खपाङ्गीमगर सर्वसम्मतमा चुनिएको छन् भने वरिष्ठ उपाध्यक्ष पदमा श्याम लुइँटेल र धर्मराज अधिकारी चुनावी मैदानमा उत्रिने स्रोतले जनाएको छन् । रेडियो सगरमाथामा एक वर्ष, जनमञ्च साप्ताहिकमा डेढ वर्ष, राजधानी दैनिकमा ८ वर्ष काम गरिसकेका लुइँटेल अहिले महासंघको महासचिव पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सकेका लुइँटेलले करिब ८ वर्षअघि नै पत्रकार महासंघ राजधानी शाखाको सभापति चलाइसकेका छन् । उनी अहिले बेलायतबाट संचालिन वीनेपाली डटकमका समाचार संयोजक छन् । उनका प्रतिस्पर्धी अधिकारी अहिले नेपाल ब्रिटेन डटकममा समाचारदाता छन् । उनी यसअघि नेपाली टिभीमा कार्यरत थिए ।

महासचिवमा पदमा पुराना पत्रकार लीलामान शेरपुञ्जा र गजलकार नारायण गाउँले प्रतिस्पर्धामा छन् । २०४३ सालमा सूर्य साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका शेरपुञ्जा युकेबाट संचालित एभरेष्ट टाइम्स साप्ताहिकका संस्थापक सम्पादक हुन् । शाखा स्थापनाकालदेखि नै महासंघमा आवद्ध शेरपुञ्जा यसअघि कोषाध्यक्ष थिए भने हाल सचिव पदमा कार्यरत छन् । महासचिवका अर्का उम्मेदवार गाउँले पत्रकारभन्दा साहित्यकारका रुपमा परिचित छन् । गजलमा स्नातकोत्तर गरेका उनी एनआरएनए युकेको भाषा सँस्कृति विभागका संयोजक हुन् । चोटिलो फेसबुक स्टाटस लेख्ने गाउँले कुनै मिडियामा आवद्ध छैनन् ।
उपाध्यक्ष पदमा ध्रुवराज अर्याल र मिलन शर्मा भिड्दैछन् । अर्याल नेपालमा एबीसी रेडियो, एबीसी टेलिभिजनमा काम गरेका थिए । युके आएपछि उनले नेपाली टिभी, नेपालीपत्र साप्ताहिक हुँदै अहिले हिमालय मेल डटकममा कार्यरत छन् । अर्का उम्मेदवार शर्मा रेडियो राइनोमा कार्यरत छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...