Wednesday, March 2, 2016

‘भाग्यले बाँचेकाहरु’ हेर्दा माधव नेपाल दम्पत्ती स्तब्ध

a1

नेपालगन्ज, । भूकम्पमा परेर आश्चर्यजनक ढंगले बाँचेकाहरुको कथा समेटेर निर्माण गरिएको ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री हेर्दा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल स्तब्ध भएका छन् ।

प्रेस चौतारी बाँकेको अक्षयकोष निर्माण गर्ने उद्देश्यले मंगलबार नेपालगन्जमा गरिएको ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रमुख अतिथि बनेका नेता नेपाल निकै स्तब्ध बने । धर्मपत्नी गायत्रीसँगै बसेर वृत्तचित्र हरेका नेपालले भाबुक हुँदै भने– ‘यसले नेपालको भूकम्पको जीवन्त तस्वीर देखाएको छ, मलाई साह्रै भाबुक बनायो ।’

‘भाग्यले बाँचेकाहरु’का एक पात्र ऋषि खनालको कथाले उनलाई निकै घोचेछ । सातमहिने छोरालाई राम्रो शिक्षा दिने सपना बोकेर विदेश जान हिँडेका ऋषिले बैशाख १२ को महाभूकम्पमा काठमाडौँ नयाँबर्षमा ५ तले घरले किचिएर एउटा खुट्टा गुमाएका छन् । उनकै कथालाई हेर्दै नेपालले भने– ‘ऋषि खनालजस्ता पात्रहरुको दर्दले थाम्नै नसकिँदो रहेछ ।’

डकुमेन्ट्री बारे आफूले निकै चर्चा सुनेपनि नेपालगन्जमा आएर मात्र हेर्ने संयोग जुरेको बताउँदै उनले खुसी हुँदै भने– ‘डकुमेन्ट्रीका कतिपय दृश्यले मन नै भावुक बनायो, डकुमेन्ट्री निकै उत्कृष्ट छ ।’ डकुमेन्ट्रीमार्फत नेपाली युवा र सुरक्षा निकायले गरेको सराहनीय कामको खबर विश्वभर फैलने नेपालले बताए । उनले भने, ‘हामीले धेरै काम गर्दागर्दै पनि अभिलेख राख्ने कुरामा चुकेका हुन्छौ । डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले नेपालको इतिहास बचाउने काम गर्नुभएको छ ।’ नेता नेपालले अब नवनिर्माणमा जुट्नुपर्ने पनि बताए ।

a3

माधव नेपाल पत्नी गायत्रीले पनि डकुमेन्ट्रीका कतिपय दृश्यले आफू सम्हालिन नसकेको बताइन् । डकुमेन्ट्री हेर्दै गर्दा धेरैको आँशु रोकिएन । उनीहरुले डकुमेन्ट्रीका पात्रहरुको दर्दले आँशु थाम्नै नसकेको प्रतिक्रिया दिए । डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले विश्वका ३१ वटा देशका चलचित्र महोत्सवमा भाग्यले बाँचेकाहरुले नेपालको प्रतिनिधित्व गर्न लागेको जानकारी दिए । उनले डकुमेन्ट्रीका केही पात्रका लागि शैक्षिक कोष बनाउन लागेको बताए ।

डकुमेन्ट्री हेर्न आइपुगेका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री यामलाल कंडेल, केन्द्रीय सदस्य दिनेश राई, सभासद् दलबहादुर सुनार, एमाले बाँकेका अध्यक्ष अशोक कोइराला लगायतले डकुमेन्ट्री निर्माण टिमको प्रशंसा गरे ।

a2

कार्यक्रममा प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिक, उपाध्यक्ष सकिल खान, सचिव कमल डाँगीले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनी गरिएको बताए ।

गत महिना काठमाडौँमा सम्पन्न काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबलमा भाग्यले बाँचेकाहरुले नेपाल पानोरोमामा नेपालमा सर्वोत्कृष्ट र दर्शक अवार्ड गरी एकसाथ दुई अवार्ड जितेको थियो भने भारतमा भएको नोइडा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट जुरी अवार्ड जितेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...